भद्रपुर सरोकार समाज, काठमाडाैँ

नयाँ वानेश्वर, काठमाडाैँ, नेपाल ।

भद्रपुर सराेकार समाज, काठमाडौँ : इतिवृतान्त – झलेन्द्र भट्टराई

Published on: Ashwin 12 2081
Views
15
Share
भद्रपुर सराेकार समाज, काठमाडौँ  : इतिवृतान्त – झलेन्द्र भट्टराई

भद्रपुर सराेकार समाज, काठमाडौँ : इतिवृतान्त – झलेन्द्र भट्टराई

Published on: Ashwin 12 2081
Views
15
Share
भद्रपुर सराेकार समाज, काठमाडौँ  : इतिवृतान्त – झलेन्द्र भट्टराई
१.       भद्रपुर नगरपालिका
 
सन् १७७३ मा तत्कालिन राजा रण वहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिम तर्फ कुमाउँ गढवाल र पूर्वतर्फ टिष्टासम्म पुगेको थियो । बिराटनगर र रंगेली बीच पर्ने धनपुर भन्ने स्थान र झापा बजारमा ९साबिक कुमरखोद गा।वि।स० सन् १८१४ मा अंग्रेजहरुले आक्रमण गरी आफ्नो कब्जामा लियो र सन् १८१५ नोभेम्बर २८ मा सुगौली सन्धीमा हस्ताक्षर भयो । यसरी मेची नदी सदाको लागि पूर्वी अन्तराष्ट्रिय सिमाना हुन पुग्यो । तत्कालिन झापा जिल्ला मोरङ गोश्वारा अन्र्तगत पर्दथ्यो, पछि तत्कालिन कुमरखोद गाविस अन्तरगत रहेको झापा बजारमा मोरङ गोश्वारा सर्न आएको हुदाँ यस जिल्लाको नाम झापा रहन गयो । वि।सं। २००७ साल पछि गोश्वरा तत्कालिन चन्द्रगढी गा।वि।स।मा सर्न पुगी चन्द्रगढी सदरमुकाम कायम भयो । पछि चन्द्रगढी गा।वि।स।का केही भागहरु भद्रपुर नगरपालिकामा गाभेर भद्रपुर नै जिल्ला सदरमुकाम कायम गरिएको थियो । वि।सं। २००८ सालमा स्थापना भएको यो नगरपालिकामा वि।सं। २०३८र३९ सालमा चन्द्रगढी र महेशपुर गा।वि।स।का केही वडाहरुलाई एकीकृत गरी १५ वडामा विभाजन गरिएको थियो ।
 
स्थापनामा नगरपालिकालाई कुल १० वटा वडामा विभाजन गरिएको थियो । वि.सं. २००८ मा सम्पन्न नगरपालिकाको पहिलो निर्वाचनमा विजयी भएका वडा सदस्यहरूले सत्यनारायण अग्रवाललाई सभापति छानेका थिए । त्यस समयमा सभापति नगरप्रमुख हुन्थे । वि.सं. २००८ देखि वि.सं. २०१४ सम्म सभापतिको रुपमा अग्रवालले दुई कार्यकाल सम्हाल्नु भएको थियो । त्यसपछिका नगरप्रमुखहरुको नामावली तल प्रस्तुत गरिएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुखहरु
१    सत्यनारायण अग्रवाल - सभापति     २००८–२०१४
२    पदम बहादुर गिरी - सभापति   २०१४–२०१८
३    मोहनलाल अग्रवाल - सभापति  २०१८–२०१९
४    तुलसिप्रसाद आचार्य  - प्रधानपञ्च    २०१९–२०२१
५    ऋषिकेश उपाध्याय - प्रधानपञ्च -    २०२१–२०२३
६    स्वयंभुलाल श्रेष्ठ -प्रधानपञ्च  २०२३–२०२५
७    ओमप्रकाश सरावगी -  प्रधानपञ्च     २०२५–२०२९
८    रामचन्द्र शर्मा  - का.बा. प्रधानपञ्च   २०२९–२०३३
९    भक्तिमान देवान -प्रधानपञ्च  २०३४–२०३९
१०   ओमप्रकाश सरावगी - प्रधानपञ्च     २०३९–२०४६
११   पुष्पराज पोखरेल  - नगरप्रमुख  २०४९–२०५१
१२   भारतेन्दुकुमार मल्लिक  -  का.बा. नगरप्रमुख २०५१–२०५४
१३   भारतेन्दुकुमार मल्लिक - नगरप्रमुख  २०५४–२०५९
       क. जनप्रतिनिधि विहिन  २०५९–२०७४
      ख. २०७१÷८÷१६ मा साविक चन्द्रगढी गाविसको वडा नं.८ बाहेक सबै वडा गाभिएर भद्रपुरको वडा नं.  ११,१२,१३ र १४ बनेको । त्यसै गरी महेशपुर गाविस पुरै भद्रपुर नगरपालिकामा गाभिएको ।
      ग. २०७३÷११÷२७ मा साविकको पृथ्वीनगर गाविसलाई भद्रपुर नगरपालिकाको वडा नं.१, २ र ३ हुने गरी गाभियो । त्यसै गरी भद्रपुरका वडा नं. ३,९ र १५ लाई वडा नं ७; ११ र १२ लाई वडा नं. ९; १३ र १४ लाई वडा नं. ७ हुने गरी कायम गरियो ।
 
१४   २०७४÷३÷२५ देखि २०७९÷१÷३१ सम्म जीवन कुमार श्रेष्ठ - नगरप्रमुख र चन्द्रमाया श्रेष्ठ - उपप्रमुख   
१५   २०७९÷२÷९ देखि हाल सम्म गणेश पोख्रेल - नगरप्रमुख र राधा कार्की - उपप्रमुख
राम प्रसाद अधिकारी अध्यक्ष वडा नं. १.
 राम बहादुर कडेल अध्यक्ष वडा नं. २
 हेम बहादुर कार्की अध्यक्ष वडा नं. ३
 हंशधर राजवंशी अध्यक्ष वडा नं. ४
 बन्धु कार्की अध्यक्ष वडा नं. ५
 रतिया राजवंशी अध्यक्ष वडा नं. ६
 अभिषेक ढुङ्गाना अध्यक्ष वडा नं. ७
 गौरब सुब्बा अध्यक्ष वडा नं. ८
 राम प्रसाद दाहाल अध्यक्ष वडा नं. ९
 टेक बहादुर खड्का अध्यक्ष वडा नं. १०
 स्रोत : निर्वाचन आयोग, भद्रपुर नगरपालिकाका प्रकाशनहरु तथा विभिन्न अन्य फुटकर स्रोत
 
२०७१÷८÷१६ मा साविक चन्द्रगढी गाविसको वडा नं.८ बाहेक सबै र महेशपुर गाविस पुरै भद्रपुरमा गाभिएपछि यी दुवैको छुट्टै प्रशासनिक एकाइको रुपमा इतिहासमा मात्र नाम रहन पुगेको छ । त्यसै गरी अलिक फरक पृष्ठभूमि बोकेको पृथ्वीनगर गाविसलाई समेत २०७३÷११÷२७ मा भद्रपुर नगरपालिकामा समाहित गरेपछि यसको क्षेत्रफल ९६.३५ वर्ग कि.मी भयो । यो भनेको संसारका साना ५ वटा देशहरुभन्दा ठुलो हो । २०७८ को जनगणना अनुसार ७०,९१३ जनसङ्ख्या रहेको यो नगरपालिका जनसङ्याको हिसाबले २७६ वटा नगरपालिका मध्ये ५८ औँ ठुलो नगरपालिका हो । 

हाल यो भद्रपुर नगरपालिकामा जनसङ्ख्याको वार्षिक वृद्धिदर भने राष्ट्रिय औषतभन्दा निकै कम (०.६% मात्र) छ । ५ वर्ष माथिका जनसङ्ख्याको साक्षरता दर झण्डै ९०% रहेको छ । शिक्षाको यो स्तर कमै नगरपालिकामा देख्न पाईन्छ । विश्वका अधिकांश ठाउँमा साक्षरतादर बढेसँगै जनसङ्ख्या वृद्धिदर घट्ने गरेको पाईन्छ । भद्रपुर पनि त्यसको अपवाद रहेन । 
 
भद्रपुरमा १५ देख ६४ वर्ष उमेर समूहका आर्थिकरुपले सकृय जनसङ्ख्या ६८% रहेको छ । जनसङ्ख्याको लाभांश लिने यो अति उत्तम समय हो । तर, ठूलो मात्रामा उत्पादक जनसङ्ख्या विदेशिनुले नगरको उत्पादकत्व र उत्पादन दुबैमा असर पारेको छ । 
 
हालको कुल जनसङ्ख्याको ६४% यही नगरपालिकामा जन्मिएका हुन् । त्यहीँ जन्मनु भनेको त्यो माटोसँग एकाकार हुनु हो । यिनीहरुलाई आफ्नो ठाउँको विलक्षण माया हुन्छ । सबै कुरा बदल्न मिले पनि जीवनभर उनीहरुले जन्मस्थान बदल्न सक्दैनन् । यो पिँढीलाई नगरको विकास र स्थायित्वसँग जोड्ने दीर्घकालीन रणनीति आवश्यक पर्छ । 
 
२.    भद्रपुर सरोकार समाज काठमाडौँको स्थापना

स्थानीय तह समायोजन पश्चात झापा जिल्लाको दक्षिणमा अवस्थित साविकका पृथ्वीनगर, महेशपुर र चन्द्रगढी गाउँपालिका तथा भद्रपुर नगरपालिका मिलेर बनेको “भद्रपुर नगरपालिका” शिक्षा, भाषा, संस्कृति, व्यापार, चिया÷धान उद्योग, कृषि एवम् पुरातात्विक धरोहरको नमुना शहर बन्न पुगेको छ । यसै क्षेत्रमा घरवास भइ अध्ययन, अध्यापन, खोज÷अनुसन्धान, कला–साहित्य सिर्जना, राजनीति, नोकरी, उद्योग, व्यापार, मजदुरी लगायत विभिन्न भूमिकामा काठमाडौं उपत्यकामा बस्दै आउनु भएका जनतामाझ एकता, भाइचारा, मायाममता, आपसी सहयोग, सद्भाव एवम् सुखदुःखमा सहभागिता अभिवृद्धि गर्न तथा भद्रपुर नगरको चौतर्फी विकास र नगरबासीहरुसँगको सम्बन्ध, सहयोग र मित्रतालाई अक्षुण्ण राख्न काठमाडौँमा एक सामाजिक संस्था आवश्यक हुन्छ भन्ने महशुस गरी भद्रपुर नगरपालिकाद्वारा मिति २०७४ साल चैत्र २ गते काठमाडौं स्थित बागबजारको हार्दिक होटलमा आयोजित एक कार्यक्रममा काठमाडौँ रहनु हुने भद्रपुरेहरुको बृहत् भेलाले भद्रपुर नगरपालिकाको अगुवाइमा यो “भद्रपुर सरोकार समाज–काठमाडौं” गठन गरेको हो । सम्बन्धित क्षेत्रका माननीय सांसदज्यूहरु, भद्रपुर नगरपालिकाका मेयर श्री जीवन कुमार श्रेष्ठ तथा उपमेयर चन्द्रमाया श्रेष्ठ सहित उल्लेख्य संख्यामा भद्रपुरवासीको उपस्थिति रहेको कार्यक्रममा सौहाद्रपूर्ण वातावरणमा छलफल भई यो संस्था गठन भएको हो । यो संस्था काठमाडौंमा भद्रपुरवासीहरुको एक सेवामूलक साझा सामाजिक संस्थाको रुपमा रहेको छ ।

३.     संस्थापना गर्दाका बखतका पदाधिकारीहरु
 
मिति २०७४÷१२÷२ मा यस समाजमा देहाय अनुसारका पदाधिकारीहरु रहने गरी तदर्थ समिति र सल्लाहकार समिति गठन गरिएको थियो :
१. गठन मिति २०७४÷१२÷२ (हार्दिक होटल बागबजार)
 (क) संस्था स्थापना (दर्ता पूर्व) का पदाधिकारीहरु 
१    श्री वेदनिधि निराला भट्टराई  – अध्यक्ष
 २    डा. आनन्द प्रसाद श्रेष्ठ  – बरिष्ठ उपाध्यक्ष
 ३    प्रा. माधव न्यौपाने – उपाध्यक्ष
 ४    श्री झलेन्द्र भट्टराई     – सचिव
 ५    श्री लिला कुमारी चुडाल मैनाली – कोषध्यक्ष
 ६    श्री खिलाराज पोख्रेल     – सहसचिव
 ७    श्री मदन पोख्रेल   – सहकोषाध्यक्ष
 ८    श्री भरतराज कोईराला   – सदस्य
 ९    श्री सुमन घिमिरे  – सदस्य
 १०   श्री अशोक कुमार पाण्डे  – सदस्य
 ११   श्री सुमन दाहाल   – सदस्य
 १२   श्री अर्जुन लिम्बू   – सदस्य
 १३   श्री ओम कुमारी पोख्रेल  – सदस्य
 १४   श्री पुष्कर भुर्तेल   – सदस्य
 १५   श्री चुडामणि अधिकारी   – सदस्य
 १६   श्री कमला खनाल  – सदस्य
 १७   श्री मोहन कटुवाल – सदस्य
 १८   श्री हरिमाया भट्टराई    – सदस्य
 १९   श्री भर्जन राई     – सदस्य
 २०   श्री महावीर अग्रवाल     – सदस्य
 २१   श्री खगेन्द्र पोख्रेल – सदस्य
 २२   श्री सुभाष चापागाईँ – सदस्य
 २३   श्री नारायण तिम्सिना   – सदस्य
 २४   श्री भुमिका भण्डारी – सदस्य
 २५   श्री कोषराज न्यौपाने    – सदस्य
 २६   श्री देवेन्द्र आचार्य  – सदस्य
 २७   श्री अनुप शर्मा    – सदस्य
 २८   श्री प्रकाश कार्की   – सदस्य
 २९   श्री प्रयासराज सुबेदी     – सदस्य
 ३०   श्री होम बहादुर  सुवेदी  – सदस्य
 ३१   श्री भरत कोईराला – सदस्य
 ३२   श्री मोहन कटुवाल – सदस्य
 ३३   श्री रमेश आचार्य  – सदस्य
 ३४   श्री रमेश पौडेल   – सदस्य
 
(ख) संस्था स्थापना (दर्ता पूर्व) का सल्लाहकारज्यूहरु 

१      मा. जितु गौतम (सञ्योजक)  
२      मा. कृष्ण प्रसाद सिटौला
३      मा. राजेन्द्र लिङ्गदेन
४      मा. ओम सरावगी
५      मा. बसन्त बानियाँ
६      श्री जीवन कुमार श्रेष्ठ
७      श्री चन्द्रा श्रेष्ठ
८      श्री रविन्द्र चक्रवर्ती
९      प्रा. तत्व तिम्सिना
१०     श्री उमेश उपाध्याय
११     प्रा. डा. लक्ष्मी मैनाली
१२     डा. केदार दाहाल
१३     श्री राजेन्द्र सलभ
१४     श्री सुशिल भट्टराई
१५     श्री गणेश भुर्तेल
१६     श्री कालि प्रसाद पोख्रेल
१७     श्री हरि पौडेल
१८     श्री अनिमेष उपाध्याय
१९     श्री अखिलेश उपाध्याय
२०     श्री कुमार राजभण्डारी
२१     श्री सन्तोष कोइराला
२२     श्री शुरेश तायल
२३     श्री राजकुमार गोयल
२४     श्री गोबिन्द सरिया
२५     श्री सुरेश मित्तल
२६     श्री शिवकुमार गुप्ता
२७     श्री याम बहादुर श्रेष्ठ
२८     श्री पुण्य आचार्य

२. पुनरगठन मिति २०७६÷६÷११ (पद्मकन्या विद्यालय डिल्लीबजार) 
 
१     श्री वेदनिधि निराला भट्टराई                         – अध्यक्ष
२     डा. आनन्द प्रसाद श्रेष्ठ                            – बरिष्ठ उपाध्यक्ष
३     प्रा. माधव न्यौपाने                                – उपाध्यक्ष
४     श्री झलेन्द्र भट्टराई                                – सचिव
५     श्री लिला कुमारी चुडाल मैनाली                       – कोषध्यक्ष
६     श्री खिलाराज पोख्रेल                               – सहसचिव
७     श्री मदन पोख्रेल                                  – सहकोषाध्यक्ष
८     श्री भरतराज कोईराला                              – सदस्य
९     श्री सुमन घिमिरे                                  – सदस्य
१०    श्री अशोक कुमार पाण्डे                             – सदस्य
११    श्री पुष्कर भुर्तेल                                  – सदस्य
१२    श्री कमला खनाल                                 – सदस्य
१३    श्री मोहन कटुवाल                                 – सदस्य
१४    श्री भुमिका भण्डारी                                – सदस्य
१५    श्री होम बहादुर  सुवेदी                             – सदस्य

४.     समाजको दर्ता र पदाधिकारीहरु
 
लामो समयसम्म अनौपचारिक संस्थाको रुपमा सञ्चालित यस समाजलाई अन्ततोगत्वा दर्ता गरी वैधानिक औपचारिक सामाजिक संस्थाको रुपमा स्थापना गर्ने राय बमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा मिति २०८०÷३÷६ का दिन दर्ता नं. ३१५ “भद्रपुर सरोकार समाज, काठमाडौँ” नामबाट दर्ता गरिएको छ । यस संस्थाले समाज कल्याण परिषदमा मिति २०८०÷६÷२५ मा नं. ५५९२१ बाट आबद्धता प्राप्त गरिसकेको छ । प्यान नं. ६२०१०६८९६ रहेको यो संस्थाले काठमाडौँ १० नं. वडा कार्यालयबाट मिति २०८०÷२÷१२ मा गैर नाफामुलक संस्था दर्ता प्रमाणपत्र नं. ६३१ प्राप्त गरेको छ । यसैगरी आन्तरिक राजस्व कार्यालय, नयाँबानेश्वरबाट मिति २०८०÷६÷२२ मा आयकर छुट पाउने  संस्था दर्ता प्रमाणपत्र नं. १८२ प्राप्त गरेको छ ।

दर्ताको क्रममा जि.प्र.का. काठमाडौँले कार्य समितिको संरचना परिर्तन गरी १५ सदस्यीय बनाउन लगाएकोले मिति २०८०÷२÷५ मा युनियन हाउस, अनामनगरमा बसेको बैठकले देहाय अनुसारको कार्य समितिको गठन गरी मिति २०८०÷६÷२० को प्रथम साधारण सभाबाट समर्थन पाएको थियो ।    
 
१    श्री वेदनिधि निराला             अध्यक्ष
 २    प्रा. माधव न्यौपाने              उपाध्यक्ष
 ३    श्री झलेन्द्र भट्टराई             महासचिव
 ४    श्री मदन कुमार पोख्रेल          सचिव
 ५    श्री लिला चुडाल मैनाली          कोषाध्यक्ष
 ६    श्री खिलाराज पोख्रेल            सदस्य
 ७    श्री भरतराज कोईराला           सदस्य
 ८    श्री मोहन कटुवाल              सदस्य
 ९    श्री सुमन घिमिरे               सदस्य
 १०   श्री अशोक पाण्डे                सदस्य
 ११   श्री पुष्कर भुर्तेल                सदस्य
 १२   श्री कमला खनाल               सदस्य
 १३   श्री भुमिका भण्डारी             सदस्य
 १४   श्री होम सुबेदी                 सदस्य
 १५   श्री भर्जन राई                  सदस्य
 
 ५.     समाजको वतर्मान पदाधिकारीहरु

मिति २०८१÷१÷२९ गते च्वङ्ग गणेश, भक्तपुरमा आयोजित विशेष साधारण सभाबाट निर्वाचित वर्तमान पदाधिकारीको नामावली देहाय अनुसार रहेको छ ।

१    झलेन्द्र भट्टराई           अध्यक्ष    २०७४÷१२÷२ देखि पदाधिकारी
 २    ई. सुशील भट्टराई         उपाध्यक्ष   संस्थापक सल्लाहकार
 ३    अशोक पाण्डे             महासचिव  २०७४÷१२÷२ देखि पदाधिकारी
 ४    मदन पोख्रेल              सचिव     २०७४÷१२÷२ देखि पदाधिकारी
 ५    भूमिका भण्डारी           कोषाध्यक्ष  २०७४÷१२÷२ देखि पदाधिकारी
 ६    कमला खनाल कोइराला     सदस्य    २०७४÷१२÷२ देखि पदाधिकारी
 ७    पुष्कर भुर्तेल              सदस्य    २०७४÷१२÷२ देखि पदाधिकारी
 ८    भर्जन राई               सदस्य    २०७४÷१२÷२ देखि पदाधिकारी
 ९    सुमन घिमिरे             सदस्य    २०७६÷६÷११ देखि पदाधिकारी
 १०   होम सुवेदी               सदस्य    २०७४÷१२÷२ देखि पदाधिकारी
 ११   ओम कुमारी पोख्रेल        सदस्य    २०८१÷१÷२९ देखि पदाधिकारी
 १२   कुलदिप राजवंशी          सदस्य    २०८१÷१÷२९ देखि पदाधिकारी
 १३   कैलाश सरिया             सदस्य    २०८१÷१÷२९ देखि पदाधिकारी
 १४   प्रज्वल कोइराला           सदस्य    २०८१÷१÷२९ देखि पदाधिकारी
 १५   सूर्य ठटाल               सदस्य    २०८१÷१÷२९ देखि पदाधिकारी
 
६.     समाजको उद्देश्य

स्वीकृत विधान अनुसार यस समाजको उद्देश्य देहाय अनुसार रहेको छ : 
१)   यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
२)   विपन्न, पिछडिएको वर्ग, आदिबासी, दलित, जनजाति, गरीब, साना किसान, महिलाको स्वास्थ्य, शैक्षिक, साँस्कृतिक, आर्थिक, सामाजिक उत्थान र विकासका लागि सहयोग पुग्ने विभिन्न कार्यहरु गर्ने । 
 ३)   भद्रपुर सरोकार समाज, काठमाडौँसँग आबद्ध सदस्यहरुको प्रत्यक्ष वा अप्रत्यक्ष कार्य वा सरोकारको वा सार्वजनिक हितको निमित्त सहयोग पु¥याउने । 
 
७. विधान अनुसार संस्थाले गर्ने कार्यहरु
 
यस संस्थाका उद्देश्यहरु प्राप्त गर्न संस्थाले विधान अनुसार देहायका कार्यहरु गर्नेछः–
 क)   संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत गरेरमात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
 ख)   संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ ।  कम्प्युटर, टेलिफोन, टाइप राइटर, फ्याक्सजस्ता कार्यालय सामान तथा सवारी साधन खरीद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
 ग)   संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गरी कामकाजमा लगाउनेछ ।
 घ)   संस्थाको उद्देश्य प्राप्त गर्न आवश्यक पर्ने गोष्ठी, भेला, तालिम, अनुष्ठान, भ्रमण, अनुसन्धान तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्नेछ ।
 ङ)   संस्थाले नागरिकको स्वास्थ्य, शैक्षिक, साँस्कृतिक, आर्थिक, सामाजिक उत्थान र विकासका लागि विभिन्न कार्यहरु गर्नेछ ।
 च)   भद्रपुरको साँस्कृतिक एवम् पर्यटकीय महत्तालाई प्रोत्साहित र प्रसारित गर्नेछ ।
छ)   उद्देश्य प्रप्तिका लागि संस्थाले निर्णय गरेका अन्य कार्यहरु गर्नेछ ।
 
८. सदस्यता

झापा जिल्ला,भद्रपुर नगरपालिका (साविकका पृथ्वीनगर गाविस, महेशपुर गाविस, चन्द्रगढी गाविस र भद्रपुर नगरपालिका) मा जन्म भएको वा स्थायी बसोबास रहेको वा कुनै समयमा स्थायी बसोबास रहेको वा अध्यययन गरेको वा उद्योग÷ब्यापार÷ व्यवसाय÷नोकरी÷विभिन्न पेशाको सिलसिलामा कम्तिमा २ वर्ष भद्रपुर नगरपालिका क्षेत्रमा बसोबास गरेको व्यक्ति तथा निजको एकाघर परिवारको सदस्य भएको; सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको, नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको, मानसिक सन्तुलन नगुमाएको १८ वर्ष उमेर पुरा गरेको नेपाली नागरिक यस समाजको सदस्य हुन योग्य हुनेछन् ।

सदस्यताको लागि एकपटक रु. ५०० प्रवेश शुल्क बुझाउनु पर्नेछ । वार्षिक सदस्यता शुल्क वा नवीकरण शुल्क वापत वार्षिक रुपमा रु. २०० बुझाउनु पर्नेछ । आजिवन सदस्यताको लागि रु. ५,००० लाग्ने छ । समाजले उपयुक्त व्यक्तिलाई मानार्थ सदस्यता दिन सक्नेछ । तर, मानार्थ सदस्यको मताधिकार हुँदैन ।

९. संरचना

यस समाजको सर्वोच्च निकाय साधारण सभा हो । समाजका सम्पूर्ण आजीवन तथा साधारण सदस्यहरु साधारण सभाका सदस्य हुनेछन् । प्रत्येक २ वर्षमा हुने अधिवेशनबाट १५ सदस्यीय कार्य समिति र सोमा थप २० मनोनित सदस्य सहित ३५ सदस्यीय केन्द्रीय परिषद् गठन हुनेछ । परिषदको सचिवालयको रुपमा रही तदर्थ समितिले कार्यकारी अधिकार प्रयोग गर्ने छ । समाजको एक सल्लाहकार समिति रहनेछ । सल्लाहकार समितिले कार्यकारी समिति र केन्द्रीय परिषद्लाई आवश्यक सल्लाह, मार्गदर्शन एवं सहयोग जुटाउने छ ।

१०. गतिविधि

काठमाडौंको अत्यन्त व्यस्त जीवनमा पनि यस समाजका सल्लाहकार एवं प्रतिनिधिहरुले समाजका विभिन्न बैठकहरुमा सकृय र अर्थपूर्ण उपस्थिति जनाई महत्वपूर्ण निर्णयहरु भएका छन् । समाज प्रतिको अपनत्व सिर्जना, प्रभावकारिता, व्यापकता, समावेशीता र प्रभावकारिता अभिवृद्धिका लागि  समय समयमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्ने बैठक बस्ने, अन्तरक्रिया गर्ने, पुनर्मिलन तथा वनभोज आयोजना गर्ने जस्ता कार्य गर्दै आएको छ  । बृहत्तर भद्रपुर क्षेत्रमा मुर्धन्य अग्रजहरुलाई मरणोपरान्त सम्मान गर्ने, भद्रपुर सरोकार समाज स्मारिका प्रकाशन गर्ने, पुनरमिलन र वनभोज कार्यक्रम आयोजना गर्ने जस्ता विविध निर्णयहरु भएका छन् । चाडपर्वमा भेला भइ शुभकामना अदानप्रदान गर्ने, जेष्ठ नागिरकलाई सम्मान गर्ने मुत्यूशेधमा रहेका परिवारमा पुगेर समवेदना प्रकट गर्ने, भद्रपुरे अभिलेख तयार गर्ने, भद्रपुरका विषयमा काठमाडौँका विभिन्न निकायहरूमा डेलिकेशन जाने, सामाजिक सञ्जाल मार्फत सूचनाहरू सम्प्रेषण गर्ने, परियोजना प्रस्तावहरू तयार गर्ने र कार्यान्वयनका लिग पहल गर्ने कुरामा यस समाजले सकृयता देखाएको छ ।
 
११. अन्त्यमा,
 
एक अनुमान अनुसार काठमाडौँमा भद्रपुरबाट आई बसोबास गर्ने करिब २२०० परिवारहरु रहेका छन् । यो जमातलाई एकसुत्रमा बाँध्ने हो भने काठमाडौँमा भद्रपुरेको सम्मानजनक उपस्थिति हुने छ । राजधानी र भद्रपुर नगरपालिका जोड्न गैर सरकारी सामाजिक नागरिक समाजको रुपमा यस संस्थाको ठूलो भूमिका रहनेछ । विभिन्न पेशा र कार्यमा आवद्ध भई काठमाडौँ रहनु हुने भद्रपुरेहरुको एकता र सामूहिक प्रयासले काठमाडौँ एवम् भद्रपुर दुबै ठाउँमा भद्रपुरबासीको चैेतर्फी विकास र सुरक्षामा सहयोग पुग्ने भएकोले यस समाजको विकास र उन्नतिका लागि भद्रपुर नगरपालिका, काठमाडौँ बस्ने भद्रपुरेहरु र भद्रपुरका समस्त बासिन्दाहरुको पूर्ण सहभागिता, सद्भाव र सहयोग आवश्यक छ ।

Any question?


Bhadrapur Sarokar Samaj, Kathmandu logo
Address
नयाँ वानेश्वर, काठमाडाैँ, नेपाल ।
Phone
+977 9851139149
Email
bhadrapursarokarsamaj@gmail.com

About us

Bhadrapur Municipality, nestled in the fertile plains of Jhapa District in Eastern Nepal, has long been a place of cultural and communal pride. A significant number of its residents have migrated to the vibrant federal capital, Kathmandu, for diverse purposes—whether for education, professional opportunities, artistic pursuits, political engagement, business ventures, or research. Recognizing the need to unite and support the Bhadrapur community in Kathmandu, the "Bhadrapur Sarokar Samaj, Kathmandu" was founded. This organization aims to foster a strong sense of unity, brotherhood, and mutual assistance among the residents. The society was officially established on March 16, 2018, following a large assembly of Bhadrapur residents, with the support of the Bhadrapur Municipality, at the Hardik Hotel in Bagbazar, Kathmandu.
Follow us

Subscribe us

Please enter your email address to get latest updates on our activities.


© 2024 | Bhadrapur Sarokar Samaj, Kathmandu | All rights reserved
Powered by OIT