च.नं.
मिति : २०८१/०५/२३
विषय : दोश्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना ।
भद्रपुर सरोकार समाज, काठमाडौँ कार्य समितिको मिति २०८१/०५/२२ गते बसेको बैठकको निर्णयानुसार देहायको मिति र समयमा देहायका प्रस्ताव उपर छलफल गर्न यस समाजको दोश्रो वार्षिक साधारण सभा बस्ने भएकोले सम्पूर्ण आजिवन तथा साधारण सदस्यलाई अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।
(क) प्रस्तावहरु
(१) कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु भएको आ.ब.२०८०/०८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने ।
(२) आ.व.२०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने ।
(३) कोषाध्यक्षबाट प्रस्तुत आ.व.२०८०/०८१ का आर्थिक तथा सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने ।
(४) आ.व.२०८१/०८२ का लागि लेखापरीक्षक नियूक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने (लेखापरीक्षक श्री पर्शुराम दाहाल आ.व. २०८१/०८२ को लेखापरीक्षणका लागि योग्य हुनुहुन्छ) ।
(५) विभिन्न समिति उप–समिति निर्माण गर्ने ।
(६) विविध ।
(ख) मिति र समय : २०८१ साल असोज १७ गते विहिबार, दिनको १ः३० बजे ।
(ग) साधारण सभा हुने स्थान : नेपाल कमर्स क्याम्पस, मिनभवन, नयाँ वानेश्वर, काठमाडाैँ।
निर्देशानुसार,
... ... ... ... ... ... ...
असोक कुमार पाण्डे
(महासचिव)